बृजमान तामाङरबिरेन्द्र बजार, २९ मंसिर ।


धर्मी हल्फा महिला बिकास क्ल्व सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले सोमबार एक अग्निपिडित परिवारलाई राहात बितरण गरेको छ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ चपेनाका अग्निपिडित आनन्द साहका परिवारलाई ईन्जिनियर यादवले राहत बितरण गरेका हुन । मंसिर १८ गते आगलागी भइ सर्बोस्व गुमाएका साह परिवारलाई त्रिपाल, भाँडाकुँडा, लत्ताकपडा, झुल लगायत राहत सामग्री पीडित परिवारको घरमा पुगेर समाजसेवी यादवले बितरण गरे । अग्निपिडित परिवारलाई राहत बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष परमानन्द यादाव, वडा नम्बर ४ का अध्यक्ष हेम नारायण साह, जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य डम्बर नारायण साह, प्रहरी चौकी पथलगढाका ईन्चार्ज प्रहरी नायव निरीक्षक लालबाबु साह, सशस्त्र प्रहरी बल नेपाल कमलपुरका सशस्त्र प्रहरी साहायक निरीक्षक अरुण कुमार मण्डल, दिलिप मण्डल लगायतका ब्यक्तित्वहरुको समेत उपस्तिथि रहेको थियो । साहको घरमा आगलागी हुदा नगद २ लाख सहित १३ लाख बराबरको क्षति भएको पीडितले जनाएको छ ।













