कञ्चनरुप


पौष १८ गते २०७७ ।
कञ्चनरुपमा ६ दिने मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम आज शनिवार सम्पन्न भएको छ ।

नगरपालिका स्वास्थ्य शाखाले गत सोमबार पौष १३ गत बाट शुरुगरेको ५ दिनने मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिममा नगरपालिका स्वास्थ्य शाखा मातहतमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु सहभागी रहेक थिए ।
कोशी अस्पताल विराटनगरका मनोचिकित्सक डा. प्रभात चालिसे , मनोपरामर्श एवं कार्यक्रमका हिमाल गैरेले सहजिकरण गर्नुभएको थियो ।
तालिमबाट कञ्चनरुपमा रहेको मानसिक रोगीहरुको पहिचान गरि उपचार गर्ने सहभागीहरुले बतए ।
तालिमको समापन नगर प्रमुख बसन्त कुमार मीश्रले गर्नु भयो भने कार्यक्र को अध्यक्षता नि. प्रमुअ प्रशासकीय अधिकृत नवराज खड्काले गर्नु भएको थियो ।
तालिम समापन, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव , सह–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, मानसिक परामर्श सेवा नेपालकी रञ्जना चौधरी, पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी संचारकर्मीहरुको उपस्थीती रहेको थियो ।













