जनकपुर


पौष २१ गते २०७७ ।
माधव—प्रचण्ड नेकपा का १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ ।

संसदीय दलका नेता मण्डललाई हटाएर दलको बैठकले दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको छ ।
मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ ः ४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध दलको नेतामा चयन हुनु भएको हो ।
नेकपाको कुल ३२ सांसदमध्ये १९ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुनु हो । विभाजित भएसँगै नेकपाले प्रदेश २ को प्रमुख प्रतिपक्षी दलको हैसियत समेत गुमाएको छ ।












