कञ्चनरुप


माघ ४ गते २०७७ ।
प्रतिनिधिसभा विघटनको विरोधमा कंचनरुपमा विरोध प्रदर्शन भएको छ ।

नेपाली काग्रेस कञ्चनरुपले शनिवार कञ्चनरुप वेरियरमा आयोजना गरेको विरोघ प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’, सर्वसत्तावाद ढल्दैछ’,संविधान विरुद्धको षड्यन्त्र बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
विरोघ सभलाई पूर्व मन्त्री तथा केन्द्रीय सदस्य हेमराज तातेड, सविधान सभा सदस्य मुन्नी गुप्ता, डाक्टर सुबोध पोखरेल, समेतको सहभागीता रहेको थियो
सरकार विरुद्ध विशाल विरोध रयाली गर्दै कञ्चनपुर हटिया ,बजार , बेरिएर परिक्रमा गरि बेरिएरमा कोण सभा परिणत भएको थियो ।












