कञ्चनरुप


माघ ५ गते २०७७ ।
कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ भाइरस संक्रमण हुने तीनैजना बेलायतबाट नेपाल फर्किएका नागरिक हुन् । संक्रमित हुनेमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष छन् । हाल २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा संक्रमण नेगेटिभ देखिएको छ भने ६७ वर्षीय पुरुष भने पोजेटिभ नै रहे पनि कुनै पनि लक्षण नदेखिएको स् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भएरनभएको खुलेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।
कोभिड भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखिएसँगै स्वास्थ्य मन्त्रालयले भाइरस फैलनबाट बच्नका सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।












