Logo

शंकर माविमा छात्रवृत्ति तथा न्यानो कपडा वितरण

                     
Logo १० माघ २०७७, शनिबार ०७:०१    

कञ्चनरुप

माघ ९ गते २०७७ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले आज शुक्रबार बाल विकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

शंकर माध्यमिक विद्यालय रुपनगरमा रहेको रुपशंकर नमुना बाल विकास केन्द्रमा अध्ययन गर्ने ४५ जना बालबालिकाहरुलाई कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले एक एक थान न्यानो कपडा वितरण गुर्नभएको हो ।

सोहि कार्यक्रममा विद्यालय कञ्चनरुप १२ रुपनगरले आज छात्रवृत्ति वितरण गरेको छ । चार सय रुपैयाँका दूरले जनही कक्षा १ का दलित ३७, छात्रा ३४ जना , कक्षा २ का दलित २१ जना, छात्रा ९

जना, कक्षा २ का दलित २४ जना, छात्रा २७ जना, कक्षा ४ का दलित २५ जना, छात्रा २८ जना, कक्षा ५का दलित २३ जना, छात्रा २८ जना, कक्षा ६ का दलित ३० जना, छात्रा ३८, जना, कक ७ का दलितर २३ जना, छात्रा ३९ जना, कक्षा ८ का दलित १९ जना, छात्रा ३९ जना र जनुही पाँच सय दरले कक्षा ९ का ७० जना छात्रा , कक्षा १० का ५५ जना छालाहरुलाई छात्रवृत्ति वितरण गरिएको प्रधानाध्याक गंगा प्रसाद साहले बताउनु भएको छ ।

२ लाख ४० हजार १ सय रुपियाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक साहले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिकाकाकी उपप्रमुख निरु पोखरेल शिक्षा शाखाका ललितनारायण यादव वडा नम्बर १२ कावडा अध्यक्ष देवी शादुर खत्री सहभागी हुनभएको थियो ।

नगरपालिका शिक्षा शाखाका ललितनारायण यादवले २५ वटा सामुदायिक विद्यालयमा ४२ वटा बालविकास केन्द्र रहेको र सबै बालविकास केन्द्रमा न्यानो कपडा वितरण गरिने बताउनुभयो ।

उपप्रमुख निरु पोखरेलले मदर्सामा अध्ययन गर्ने साना बालबालिकाहरुलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयोे ।

न्यानो कपडा वितरण कार्यक्रममा अभिभावक , प्रधानाध्यापक , शिक्षक , विद्यार्थी , सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?