झाँक्रीको पक्राउले ओली तीब्ररुपमा ओरालो लागेको देखियो ः घनश्याम भुसाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन तीब्ररुपमा शुरु भएको बताएका छन् ।
नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको पक्राउले ओली तीब्र गतिमा ओरालो लागेको देखिएको नेता भुसालले बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेकपा स्थायी कमिटी सदस्य भुसालले भनेका छन्, ‘रामकुमारी झाँक्री पक्राउ परेको ठाँउमा उभिएर हेर्दा प्रधानमन्त्री केपी ओली तीब्र गतिमा ओरालो लागेको देखिन्छ ।’
प्रहरीले झाँक्रीलाई आज (बिहीबार) बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा राखेको छ । झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले गोरखाको आमसभामा गरेको सम्वोधनले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान भएको आरोप लगाइएको छ । अहिले झाँक्रीको पक्राउलाई लिएर सम्पूर्ण राजनीतिक दल, नागरिक समाजका अगुवा र सर्वसाधरणले समेत सरकारको आलोचना गरिरहेका छन् ।
‘सरकारको काल आएकै हो ?
डा. बाबुराम भट्टराईले
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारप्रति कडा टिप्पणी गरेका छन् ।
राज्यविरुद्धको कसुर आरोपमा बिहीबार नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको कडा विरोध गरेका छन् । संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईले बताएका छन् ।
झाँक्रीको पक्राउले सरकारको अधिनायकवादी चरित्र उदांगो भयो ः
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल
सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।
नेता पौडेलले ट्विट गर्दै संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
नेता पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनाको घोर भत्सर्ना गर्दै उनलाई बिनाशर्त रिहा गर्नपनि सरकारसँग माग गरेका छन् ।
झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दिर्घकालिनरुपमा घातक छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र
रामकुमारी झाँक्रीका शब्दभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीका कर्म बढी आपत्तिजनक र घातक रहेको टिप्पणी गरेका छन् ।
नेकपा नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक संजालमा टिप्पणी गर्दै मिश्रले झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दिर्घकालिनरुपमा घातक छन्, उनलाई कानून लाग्छ कि लाग्दैन ? भन्दै प्रश्न गरेका छन्, ।
झाँक्रीलाई विना शर्त रिहा गर ! जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानून हुन्छ । ’रसातलको राजनीति’लाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन । झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दिर्घकालिनरुपमा घातक छन् । उनलाई कानून लाग्छ कि लाग्दैन ?
हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ
नेपाली कांग्रेसका नेता गगनकुमार थापा
राष्ट्रपतिका विषयमा बोलेकै भरमा रामकुमारी झाँक्रीलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी गरेको भन्दै
मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ’ उनले अघि भने, ‘महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’
‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । उहाँ (विद्या भण्डारी) ले संस्थाको गरिमा राख्न सक्नुभएन । संसद् पुनर्स्थापना भएपछि राष्ट्रपतिलाई घर फिर्ता पठाउने हो ।’
‘












