काठमाडौं, ३० माघ ।


महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा आज (शुक्रबार) काठमाडौंमा महिला मार्च भएको छ । मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका छन् ।
मैना सुनुवारदेखि निर्मला पन्त, अंगिरा पासीदेखि भागरथी भट्टसम्म भएको बलात्कारको सिलसिला सधैँका लागि बन्द हुनुपर्ने सहभागीहरूले बताएका छन् । मार्चपास्ट वसन्तपुर, रत्नपार्क हुँदै भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो ।














