Logo

विशेषाधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरें :प्रधानमन्त्री

                     
Logo १ फाल्गुन २०७७, शनिबार २०:०४    

बुटवल, फागुन १ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्मत रूपमा संसद् विघटन गरेको जिकिर गरेका छन् ।

आज (शनिबार) लुम्बिनी प्रदेशको बुटवलमा आयोजित सभामा बोल्दै उनले एउटै पार्टीको बहुमतको सरकारको हैसियतबाट संसद् विघटन गरेको दाबी गरेका छन् । उनले संसद् विघटन प्रधानमन्त्रीको अधिकार भएको समेत बताए ।

देश अस्थिरतातर्फ धकेलिने भएपछि विघटन गरेको उनको भनाइ छ । उनले विशेषाधिकारको प्रयोग गरिएको जिकिर पनि गरेका छन् । धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ ।’ संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनले बताए ।

नयाँ पेज

 


लोकप्रिय छुटाउनुभयो कि ?