Logo

कञ्चनरुपमा नेकपा,जसपा र काँग्रेसले गरे दीप प्रज्वलन

                     
Logo ११ फाल्गुन २०७७, मंगलवार २०:५६    

कञ्चनरुप

फाल्गुण ११ गते ।

प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै नेकपा कञ्चनरुप र जसपा कञ्चनरुपका नेता कार्यकर्ताहरुले कञ्चनरुप नपाको बेरियरमा दीप प्रज्वलन गरेका छन् ।

कञ्चनरुप नपाको बेरियरमा भेला भएका नेकपा तथा जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएकोमा धन्यवाद दिए ।

उनीहरुले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने भन्दै नारा लगाएका थिए ।

अनेम संघ कि केन्द्रिय सदस्य उषा पोखरेल , प्रेस संगठनका प्रदेश नं. २ का इन्चार्ज प्रकास खतिवडा तथा स्थानयिका कार्यकर्ताहरुको सहभागि रहेका थिए । भने जसपाका जिल्ला सदस्य रामेश्वर यादव, नगर कमिटि सुदम्वर यादव, नगर सचिव चित्ररन्जन यादव , जसपाका कै श्याम सरदार लगायतका कार्य कर्ताहरुको सहभागिता रहेको थियो ।

त्यसै गरि नेपाली काँग्रेसका क्षेत्रिय स सभापति ललन प्रसाद गुप्ता नेता मनमोहन सह, पपु गुप्ता, मनोज गुप्ता, रोशन राज ठाकुर, सुनिल यादव, भोला यादव, शंकर सह ,वकील सह ,रुपेश यादव , अमजद खान ,विष्णु यादव लगायत नेता तथा कार्यकताको उपस्थित रहेको थियो ।

त्युै गरि जिल्लाका विभिन्न ठाउँमा पनि नेता कार्यकर्ताले दिप प्रज्वलन गरेका छन ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वसम्मतिले निर्णय गरेको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा ’ब्युँतिएको’ छ ।प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।

फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?