कञ्चनरुप


फागुन १२ गते ।
अत्यधिक ध्वनी प्रदुषण भइरहेका कारण प्रदुषण भएको भन्दै राति १० बजेदेखि विहान ५ बजेसम्म लाउड स्पिकर र डिजे बजाउन नपाउने भएको छ ।

मंगलवार जिल्ला समन्वय समितिमा सवै स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा आयोजना गरिएको बैठकबाट सो निर्णय भएको हो ।
सप्तरीमा अबदेखि रातिको समयमा लाउडस्पिकर र डिजे साउण्ड सिस्टम बजाउन नपाउने गरी पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ’
जिल्ला समन्वय समितिका प्रमुख यादवले भने–‘अन्य समयमा पनि नियन्त्रित रुपमा मात्रै लाउड स्पिकर र डिजे बजाउन पाउछ ।’
निर्णय नमान्नेलाई कानून बमोजिम कारवाही गर्ने गराउने समेत निर्णय भएको उनले मधेश लाइभलाई जानकारी दिए । ‘निर्णय पालना नगरेको पाइए कानून अनुसार कारवाही गर्ने गराउने पनि निर्णय भएको छ’ उनले भने–‘यद्यपी कुनै सांस्कृतिक रुपमा कुनै कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहको स्वीकृति लिउनुपर्ने र सोबारे स्थानिय प्रशासनलाई जानकारी गराउनुपर्ने बैठकबाट निर्णय भएको छ ।’
‘बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न यो कदम चालिएको छ, यसले केही हदसम्म अवश्यक पनि दुर्घटना न्यूनिकरण हुने विश्वास छ ।’












