Logo

प्रधानमन्त्रीको अफरपछि ज्योतिषसँग देउवाको परामर्श

                     
Logo १८ फाल्गुन २०७७, मंगलवार १६:३९    

काठमाडौं ,

फागुन १८ गते।

नेकपाका अध्यक्ष प्रचण्ड र नेपालले प्रधानमन्त्रीको अफर गरेपछि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ज्योतिषसँग परामर्श गर्न थालेका छन् ।

देउवालाई सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेर चर्चामा आएका ज्योतिष सुरेशचन्द्र रिजालसँग देउवाले आज आफ्नै निवास बुढानीलकण्ठमा भेटघाट गरेका हुन् ।

वर्तमान राजनैतिक परिदृश्यमा सरकार टिकाउन नेकपाको दुवै समूहले काँग्रेसको साथविना लगभग असम्भव देखिएको छ । यसै सन्दर्भमा आफू प्रधानमन्त्री बन्दा भविष्य कस्तो हुन्छ भन्ने आङ्कलन गर्न देउवाले ज्योतिषलाई आफ्नै घर बोलाएका हुन् ।

ज्योतिष रिजालले भने, ‘समग्रमा पछिल्लो राजनैतिक विषयमा कुराकानी भयो । उहाँको ग्रहअनुसार फेरी प्रधानमन्त्री बन्ने योग देखिएको छ ।’


लोकप्रिय छुटाउनुभयो कि ?