- वाइ के रौनियार
कन्चनरुप

फल्गुण २४ गते सोमबार ।
महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराकाथ विभिन्न कार्यक्रम गर्दै सप्तकोशी नगरपालिकाले १११ औं अन्तर्राष्टिय महिला दिवस मनाएको छ ।

अन्तर मा.वी. नृत्य र महिला म्युजिकल चेयर, हन्डी फोर प्रतियोगिता सम्पन्न भएको थियोे भने विजेताहरुलाइ पुरस्कर प्रधान गरिएको थियोे ।
सप्तकोशी नगर उपप्रमुख आशा चौधरीले छोरीलाई दाइजो होइन, शिक्षा दिनु पर्ने छोरा छोरीमा गरिने भेदभाव, दाइजो प्रथा, बालविवाह जस्ता कुरितीहरु हटाउन छोरीलाई पनि छोरा सरह पढाउनु पर्ने धारणा राखेकी थिइन ।
सप्तकोशी नगर उपप्रमुख आशा चौधरीको अध्यक्षता तथा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत रामदेव चौधरी आतिथ्यतामा सम्पन्न भएको थियोे भने नगरका बिभिन्न महिला अधिकार कर्मी , विभिन्न बिधालयका शिक्षिका , बालबालिका स्थानियहरुको सहभागीत रहेको महिला तथा वालवालिका शाखा प्रमुख संगिता चौलागाई जानकारी गराइन ।















