Logo

हे ! पशुपतिनाथ नेताहरुलाई सत्बुधी देऊ

                     
Logo २७ फाल्गुन २०७७, बिहीबार ०९:४६    

महाशिवरात्रि अथार्त शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा जसरी पुराणहरूमा वर्णित छ । भनिएको छ, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि रुद्रका रूपमा अवतरण भएका थिए ।

आजकै दिनबाट नेपालको राजनीतीमा पनि नयाँ युगको रुपान्तरण होस । पशुपतिनाथ नेताहरुलाई सत्बुधी प्रदान गरुन र नेपालको राजनीतीमा नयाँ आयाम कोरीयोस् ।

तीन वर्ष चलेको सरकारले जन अपेक्षित काम गर्न सक्यो सकेन त्यो छुट्टै बहसको विषय होला । सरकार पक्षका प्रति पक्ष हुन या अन्य दल तथा नेताहरु सबैमा पशुपतिनाथको विशेष दिनमा सतकर्म गर्दे नेपाली राजनीतिमा मोहरात्रि पछिको नयाँ विहानीमा मोह त्यागको भावना जागरण होस ।

विगतका तिता मिठा आरोह अबरोह विर्सेर देस जनताकालागी नयाँ रुपान्तरणको युग सिर्जनागर्ने सत्बुधी फिरोस ।


लोकप्रिय छुटाउनुभयो कि ?