Logo

कञ्चनरुपका दुई स्थानमा आगलागी हुँदा १० लाखको क्षति

                     
Logo २७ फाल्गुन २०७७, बिहीबार २०:२२    

वाई के गुप्ता

कञ्चनरुप

फाल्गुन २७ गते विहिवार ।

सप्तरीको कञ्चनरुपका दुई स्थानमा आगलागी हुँदा १० लाख बरावरको क्षति भएको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवामा बिहान १० बजे तिर आलागी हुदा दुःखनी देवी बैधको १ लाख नगद, चामल, धान, गहुँ, लत्ताकपडा, भाँडाकुँडा र खाट चौकी जलेर नष्ट भएको हो ।

खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा ७ लाख बरावरको क्षति भएको पीडित बताईन ।

आगलागीको समयमा घरमा कोही पनि नभएका कारण खाद्यान्न, लत्ताकपडा लगायत जलेर नष्ट भएको बताईएको छ भने स्थानीय, प्रहरी र नगरपालिकाको बारुद यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यसैगरी कञ्चनरुप नगरपालिका वडा नं. ४ स्थित बकालमा आगलगी हुदा ३ लाख बराबरको धनसम्पती जलेर नष्ट भएको वडा नं. ४का वडाध्यक्ष रामनारायण साहले बताए । जगदिश साहको गोठालो घरमा लामखुट्टे धपाउनको लागि बालेको घुरबाट आग्लागी हुदा आगलागीमा नारायण साहको खप्पराको दुइवटा घर, धान चामल, गेहु, कपडा, भाडाकुडा लगायत नगद ५० हजार रुपैया र जगदिश साहको एकवटा जस्तापात भएको गोठालो घर जलेर क्षती भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?