Logo

                     
Logo २६ कार्तिक २०७६, मंगलवार २०:००    

गायक सुमन के.सी. को स्वरमा रहेको ''जीन्दगी यो '' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुमन के.सी. को स्वर, रेणु के.सी. शब्द, राजन खतिवडाको संगीत र फडिन्द्र राईको संगीत संयोजन रहेको छ । गीतमा आफ्नो माँयालुको मायाँ विना जीन्दगी शुन्य हुने र जीन्दगीको परिभाषा नहुने जस्ता शब्दहरुलाई गीतमा भेट्न सकिन्छ ।

गीतमा महेश खड्का र रेणु के.सी.को अभिनयलाई देख्न सकिन्छ । अर्जुन तिवारीको टिमले छाँयांकन गरेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन । त्यस्तै भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका छन ।


गायक के. सी. पछिल्लो पुस्ताले निकै रुचाएका गायक पनि हुन । गीतलाई ''sasman Motion Pictures'' युटुब च्यानल मार्फत सार्वजानिक गरिएको हो ।

https://youtu.be/Kp5n5ob7GZw


लोकप्रिय छुटाउनुभयो कि ?