Logo

ब्युँतियो वाईसीएल, जेठमा राष्ट्रिय भेला गर्ने

                     
Logo ५ चैत्र २०७७, बिहीबार १९:०८    

काठमाडौं ।

नेकपा ९माओवादी केन्द्र०को भातृ संगठन योङ कम्युनिष्ट लिग ९वाईसीएल० नेपाल ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो ।

बुधबार र बिहीबार काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले जानकारी दिए ।

राष्ट्रिय भेलाअघि टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधि प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?