नयाँदिल्ली।


भारतले इङ्ग्ल्याण्डविरुद्धको ट्वान्टी–ट्वान्टी सिरिज ३–२ ले जितेको छ ।
शनिबार राति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए ।रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय ३९ रनमा अविजित रहँदा सूर्यकुमार यादवले ३२ रन बनाए ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्ड २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । यसअघि भारतले दोस्रो र चौथो ट्वान्टी९ट्वान्टी पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने पाहुना टोली इङ्ग्ल्याण्डले जितेको थियो ।टी —ट्वान्टीको विश्व वरियतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।












