कञ्चनरुप ।


सप्तरीको राजविराज हनुमाननगर सडक खण्डमा पर्ने खाँडो खोलको पुलमा मोटरसाइकल गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गए राति राजविराजबाट हनुमाननगर तर्फ गइरहेको अवस्थमा खाँडो पुलमा मोटरसाइकल दुर्घटना हुदाँ तिलाठी कोइलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृृत्यु भएको छ ।

अनटेष्ट मोटरसाइकल अनियन्त्रित भएर फुलमा ठोडिए पछि घाईते भएका चालक गजेन्द्रनारयण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटना परेर गम्भीर घाइते भएका मोटरसाइकलको पछाडी सवारी हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका १५ वर्षीय कौशल मण्डललाई उपचारको लागि विराटनगरतर्फ पठाइएकोे प्रहरीले जनाएको छ ।












