Logo

कञ्चनपुर प्रा स्वा केन्द्रलाई एम्बुलेन्स र बर्थिङ् सेन्टरलाई सुविधा सम्पन्न बनाउने : सामिजक विकास मन्त्री

                     
Logo २० चैत्र २०७७, शुक्रबार २२:२४    

वाई के रौनियार

कञ्चनरुप ।

प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मानिसमा सबभन्दा पहिले चेतनाको विकास हुन आवश्यक रहेको औल्याएका छन ।

मन्त्री साहले शुक्रवार सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखामा एलपिइपी कार्यक्रमको शुभारम्भ गदै उत्तकुरा बताएका हुन ।

मन्त्री साहले कुष्ठरोगको मुल बिरामिको सम्पर्कमा आएका व्यक्तिहरुलाई एक मात्रा रिफाम्पीसिन औषधी खुवाई एलपिइपी कार्य प्राथमिक स्वास्थ्य केन्द्रलाई एउटा एम्बुलेन्स र बर्थिङ् सेन्टरलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने जनाएका छन ।

जिल्ला स्वास्थ्य कार्यालयका सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले यो कुष्ठरोग भनेको जिवाणुबाट सर्ने एक सरुवा रोग भएकाले नियमित रुपमा औषधी सेवन गरेमा यस रोगलाई पूर्णरुपमा उन्मुलन गर्न सकिने बताए ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल एनएलआरका स–निर्देशक नन्दलाल बास्तो

नगर प्रवक्ता राजकुमार साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, स–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ता , सुरेन्द्रप्रसाद यादव , स्वास्थ्य कार्यालय सप्तरी जनस्वास्थ्य निरिक्षक डम्बरलाल यादव लगायतका सहभागीता रहेको थियो ।

शुभारम्भको अवसरमा कुष्ठरोगको मुल बिरामीका सम्पर्कमा आएका ४ जनालाई औषधी खुवाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?