Logo

२४ घन्टामा १३ को मृत्यु, ५५९ जना संक्रमित

                     
Logo ३० चैत्र २०७७, सोमबार १८:१२    

doctor in the laboratory with a blood tube for analysis and sampling of Coronavirus under the microscope / microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

काठमाडौं —पछिल्लो २४ घन्टामा देशभर १३ जना कोरोना संक्रमितको निधन भएको छ । त्यस्तै सोमबार साढे ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरबाट ५ सय ५९ जना नयाँ कोरोना भाइरस ९कोभिड–१९० का बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ३ सय ७८ जनाको पिसिआर नमुना परीक्षण गर्दा ४ सय ९६ र ७ सय २७ जनाको एन्टीजेन परिक्षणमा ६३ जनाको नतिजा पोजेटिभ पाइएको हो ।

थपिएका ५ सय ५९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । यीमध्ये ३ हजार ३ सय ६ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?