Logo

विभाजनको डिलमा जसपा, प्रधानमन्त्री ओलीविरुद्ध भोट हाल्न बहुमत १८ सांसद तयार [सूचीसहित]

                     
Logo १८ बैशाख २०७८, शनिबार ०७:५०    

काठमाडौं । भावी सत्ता समीकरणबारे जसपाको उपेन्द्र यादव पक्षले नयाँ सरकार गठनका लागि पार्टीका तर्फबाट १८ जना बढी सांसदको हस्ताक्षर जुटाएको दाबी गरेको छ ।

वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा जाने की नजाने भन्नेमा कार्यकारिणीको बैठक बस्न नसकिरहेका बेला असन्तुष्ट पक्षको बैठक बसेर हस्ताक्षर जुटाइएको दाबी गरिएको छ ।

जसपामा ५१ सदस्यीय कार्यकारिणी छ । जसपा कार्यकारिणीमा राजपाका २६ र समाजवादीका तर्फबाट २५ नेता सहभागी थिए । बैठक बस्न नै नसकिरहेका बेला डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको समूहले नयाँ सरकार गठनका लागि आफूहरुले १८ जनाको हस्ताक्षर जुटाएको दाबी गरेका छन् ।

शुक्रबार राति बाहिरिएको बैठकको निर्णयमा २६ कार्यकारिणी सदस्यको हस्ताक्षर छ । जसमा १८ जना सांसद रहेको बताइन्छ । सरकार गठनकाे अवस्थासम्म पुग्दा सांसदकाे संख्या बढ्ने दाबी उनीहरूकाे छ ।

जसपामा राजपा र समाजवादी दुवैका १७\१७ सांसद छन् । यसमध्ये पनि दुवैतर्फका एकएक सांसद निलम्बनमा छन् । यस्तोमा बहुमत सदस्य सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए कांग्रेस र माओवादीलाई साथ दिने निर्णयमा पुगेको दाबी गरिएको छ ।

कांग्रेस, माओवादी र जसपाकाे असन्तुष्ट पक्षकाे मात्रै साथले पनि नयाँ सरकार गठनकाे लागि आवश्यक १३८ काे बहुमत संख्या भने पुग्दैन ।

कुनै समय राजपामा अध्यक्षमण्डलका सदस्य रहेका महेन्द्र राय यादवसमेत बाबुरा उपेन्द्रको पक्षमा खुलेका छन् ।

यी हुन् हस्ताक्षर गर्ने कार्यकारिणी सदस्य र सांसद

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोककुमार राई, महेन्द्रराय यादव, रमेश प्रसाद यादव, षजाधार रोहिता यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, गंगा नारायण श्रेष्ठ, रनध्वज लिम्बु, रामसाह प्रसाद यादव, डम्बर बल्लभ खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, इस्तियाक राई, दुर्गा सौव, परशुराम बस्नेत, प्रशान्त सिंह, भक्तबहादुर शाह, सुशीला श्रेष्ठ, विजयकुमार यादव रहेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?