Logo

कोरोनाको कहर : देशभर ७ हजार २सय ११ संक्रमित,आज थप २७ जनाको निधन

                     
Logo १९ बैशाख २०७८, आईतवार १७:२१    

कञ्चनरुप ।

देशभर १६ हजार १४७ पिसिआर र ६२३ एन्टिजेन परिक्षण गर्दा क्रमश ७ हजार १३७ र ७४ गरी कूल ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ आज थप २७ जनाको निधन गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । तीमध्ये ४५ हजार १८१ जना होम आइशोलेसनमा छन भने ३ हजार ५३० जना संस्थागत आइशोलेसनमा रहेका छन् ।

आज थप २७ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३२५ पुगेको छ । वितेको २४ घन्टामा १ हजार ६१२ जनाले संक्रमणमुक्त भएसँगै भाइरसमुक्त हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?