Logo

ओलीले लिए प्रधानमन्त्रीको सपथ, मन्त्रीमण्डलका (नामावलीसहित)

                     
Logo ३१ बैशाख २०७८, शुक्रबार १६:२६    

कञ्चनरुप ।

अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु(याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यसका साथै पुरानै मन्त्रीलाई निरन्तरता दिएर नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ ।

ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय

रामबहादुर थापा बादल, गृह

टोपबहादुर रायमाझी, उर्जा

विष्णु पौडेल, अर्थ

प्रदिप ज्ञवाली, परराष्ट्र

हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या

लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति

कृष्णगोपाल श्रेष्ठ, शिक्षा

प्रभु साह, सहरी विकास

भानभुक्त ढकाल, पर्यटन

मणिचन्द्र थापा, खानेपानी

पद्मा अर्याल, कृषि

बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात

गौरीशंकर चौधरी, श्रम, रोजगार

पार्वत गुरुङ, सञ्चार

शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

लिलानाथ श्रेष्ठ, कानून

गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन

प्रेमबहादुर आले, वन

जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

दावा लामा तामाङ, युवा तथा खेलकुद


लोकप्रिय छुटाउनुभयो कि ?