जनकपुरधाम।


जनसंख्या तथा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र प्रदेस २ का समाजिक विकास मन्त्री नवल किशोर साहको राजिनामा दिनु पर्ने मांग गर्दै कोरोना कहर बिच युवाहरुले जनकपुरमा प्रदर्शन गरेका छन ।
जनकपुर सहित प्रदेस २ को ८ वटै जिल्ला कोरोनाको दलद्लमा फसेको उनीहरुको आरोप लगाउदै कोरोना संक्रमित विरामीलाई बेवास्ता गरेकै कारणले मर्नु परिरहेको आरोप लगाउदै तत्काल स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र मेडिकडल सुपरिटेन्डेन्टको राजिनामा दिनु पर्ने मांग गर्दै प्रादेशिक अस्पताल जनकपुरको आगाडी प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन ।

प्रादेशिक अस्पताल जनकपुर अगाडि आज अस्पतालको लापरवाही बढेको भन्दै नेविसंघ धनुषाले प्रदर्शन गरेको हो ।कोरोनाको कोरोना उपचार निस्शुल्क गर, आक्सिजनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजीनामा गर, सामाजिक विकास मन्त्री राजीनामा गर सहितका प्लेकार्ड बोकेको विद्यार्थीहरुले अस्पतालको मूल गेट अगाडि नै प्रदर्शन गरेका थिए ।
प्रादेशिक अस्पतालमा मेसुको कार्यशैली संग असन्तुष्टि ब्यक्त गर्दै शनिवार अपरान्ह १ बजे देखि२ बजे १ घण्टा सम्म युवाहरुले प्रदर्शन गरेका हुन ।












