काठमाडौं, जेठ १।


नेपालमा पछिल्लो २४ घण्टामा ५,४५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८,१६७ जना संक्रमित थपिएका छन् । पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका हुन् ।
२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४,८५६ जनाको मृत्यु भएको छ । यस्तै सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । ६७५ जना व्यक्ति क्वारेन्टाइनमा छन् ।












