Logo

कञ्चनरुपमा २को मृत्यु : १ को कोरोना पुष्टि हुन बाँकि

                     
Logo ३ जेष्ठ २०७८, सोमबार १३:४६    

कंचनरुप ।

सप्तरीको कञ्चनरुप थप एक जनाको मृत्यु भएको भने कोरोनाका कारण मृत्युको संख्या ८ पुगेको छ ।

बिराटनगर स्थित नोबेल अस्पतालमा तिन दिनदेखि उपचारार्थ कञ्चनरुप –९ का ४३ बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाले जनाए अनुसार सोमबार बिहान करिब ९ः४० वजेको ४३ बर्षिय पुरुषको मृत्यु भएको हो ।यो सहित कञ्चनरुपमा कोरोनाबाट मृत्युको संख्या ८ पुगेको छ ।

यता जिललामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ जना पुगेको छ । कञ्चनरुप मा हाल १ सय ५६ जना कोरोना संक्रमित रहेको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ । हिजो मात्रै संक्रमणबाट कञ्चनरुप नगरपालिका–८का एक पुरुष र वडा नम्बर ९का ६७ बर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो । कञ्चनरुप –३का थप १ पुरुषको मृत्युु भएको छ तर उनको पीसीआर रिर्पोट आउन बाँहि रहेको स्वास्थ्य शाखाले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?