Logo

उपमेयरको मृत्यु कारण सप्तकोशी नगर वासि स्तब्ध

                     
Logo ४ जेष्ठ २०७८, मंगलवार ०८:२४    

कञ्चनरुप ।

सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भए पछि सप्तकोशी नगर वासि स्तब्ध छन ।

विगत १० दिनअघि विराटनगर स्थित विराट नर्सिङ होमको आईसियुमा राखेर उपचारार्थ चौधरीको विहान ४ वजे उनको मृत्यु भएको हो ।

दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

गर्भवती समेत रहेकी भौधरीको ३ दिन अघि मात्रै उनको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो । मृतक चौधरीका पति र ७ वर्षिय एक छोरो छन् ।योसहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको संख्या ३ पुगेको छ। चौधरी नेकपा एमालेबाट उपमेयरमा निवार्चित भएकी थिईन ।


लोकप्रिय छुटाउनुभयो कि ?