काठमाडौं, १० जेठ ।


नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ७हजार ४सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७,४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८५ जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६,५३१ पुगेको छ ।












