कञ्चनरुप ।


कोरोना संक्रमणबाट सप्तरीका विभिन्न स्थानिय तहका ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको पछिल्लो तथ्यांक अनुसार कञ्चनरुप नगरपालिका ४ का ४२ वर्षीय पुरुष, डाक्नेश्वरी नगरपालिका ७ की ५० वर्षीया महिला , सुरुङ्गा नगरपालिका ११ का ७५ वर्षीय महिलाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरी निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

त्यस्तै महादेवा गाउँपालिका ३ का ७२ र राजविराज ९ का ७० वर्षीय , संक्रमित पुरुष , र राजविराज १ का ६८ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पताल विराटनगरमा आजै मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।
सप्तरीमा कोरोनाको दोस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।












