कञ्चनरुप ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका वितेको २४ घन्टामा झण्डै साढे ६ हजार व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
देशका विभिन्न प्रयोगशालामा १७ हजार ४८० जनाको नमूना परीक्षण गर्दा ४ हजार ७६२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको भने ११४ जनाले ज्यान गुमाएका छन् । आजसहित देशभर ५ लाख ६१ हजार ३०२ जनामा सङ्क्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ४७ हजार ४४६ जना सङ्क्रमणमुक्त भएका छन् । आजसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको छ ।













