Logo

कोरोना संक्रमणबाट सप्तरीमा थप ६ जनाको मृत्यु

                     
Logo १७ जेष्ठ २०७८, सोमबार १९:३९    

कञ्चनरुप ।

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भए संगै जिल्लामा मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सप्तरी भरीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको उल्लेख गरेको हो ।

जन स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बोदे बरसाइन ५ का ६२ वर्षका पुरुष , हनुमाननगर कंकालिनी ११ का ५६ वर्षका पुरुष ,सुरुङ्गा ९ का ४५ वर्षका पुरुष , ४ का ५८ बर्षकी तथा ६५ बर्षिया महिला र अग्नीसाईर कृष्णासवरण २ का ६५ वर्षीया महिला मृत्यु भएको जनाएका हुन ।

 


लोकप्रिय छुटाउनुभयो कि ?