अम्विका दहाल /बृजमान तामाङ


राजविराज।
सप्तरी सहित प्रदेश २ को सबै जिल्लामा प्रतिनिधिसभा विघटनको विरोध गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरिएको छ ।

सप्तरी सदरमुकाम राजविराजमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला जलगाएका छन् ।
प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कुचेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको जसपाका सप्तरी जिल्ला अध्यक्ष केदार यादवले बताए । उनले तत्काल प्रतिगामी कदम सच्याउनका लागि माग समेत गरे ।
यसै गरी सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा मंलबार राष्ट्रपति बिध्यादेबी भण्डारी र प्रधानमन्त्री केपि ओलिको पुतला दहन गरेको छ । प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै विपक्षी गठबन्धनका नेताकार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका हुन । जसपाका गाउँपालिका अध्यक्ष रामदेव यादव र नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य एबम गाउँपालिका अध्यक्ष बेचेन प्रसाद चौधरी नेतृत्वको विपक्षी गठबन्धनका नेताकार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्कानाराबाजी गर्दै पुतला दहन गरे । गाउँपालिकाको कार्यालय अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गदै नेताहरूले साँसद पुनर्स्थापना नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा साँसद विघटन गरेपछि प्रतिगामी कदमको बिरोध गर्दै विपक्षी गठबन्धनले कानुनी र सडक आन्दोलन गर्दै आएको छ । गठबन्धनले पुर्वनिर्धारित कार्यक्रम अन्तरगत देशब्यापी सबै स्थानीय तहमा एक साथ राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको जनता समाजवादी पार्टी नेपाल अग्निसाईर कृष्णासवरन गाउँपालिकाका सचिव मिलन चौधरीले जानकारी दिए । कार्यक्रम अन्तरगत बुधबार सबै स्थानीय तहहरुमा मसाल जुलुस प्रदर्शन गरिने उनले जानकारी दिए ।














