कञ्चनरुप ।


सप्तरीमा गत बैशाख २५ गते देखी जारी निषेधाज्ञा केहि खुकुलो विहिबार ( भोली) देखि खाद्यान्न पसलहरु ३ घण्टा खुल्ने भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रले सप्तरीमा केही दिनयता कोरोना भाइरसको संक्रमण दर घट्दो रहेको जनाउदै भोलि अर्थात जेष्ठ २० गते देखी खाद्यान्नका पसलहरु

दैनिक दुई घण्टासम्म खोल्ने व्यवस्था गरिएको थियो भने अब एक घण्टा थप गरेर दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी पसल खोल्न पाउनेछन् ।
त्यस्तै सातामा तीन दिन आइतबार, मंगलबार र विहिवार त्यस्र्त कृषि सामाग्रीहरु आपूर्ति गर्ने सरकारी, सर्ध सरकारी र निजी संस्थाहरुले आलोपालो गरी खोल्न पाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।












