Logo

आज ८ हजार ६ सय ६३ ले जिते कोरोना, १०१ जनाको मृत्यु

                     
Logo २१ जेष्ठ २०७८, शुक्रबार १७:५०    

काठमाडौं, २१ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८,६६३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ । क्वारेन्टाइनमा ७५५ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६,६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १४ हजार १८२ पीसीआर परीक्षणमा ६,६५३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

काठमाडौं उपत्यकामा १,३८४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा थप १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?