Logo

८ हजार २ सय ४३ ले जिते कोरोना, ५हजार ४२ नयाँ थपिए

                     
Logo २२ जेष्ठ २०७८, शनिबार १८:३१    

काठमाडौं, २२ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ४३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४ सय ७१ जनाको पिसिआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ५ सय ४० जना र एन्टीजेटमार्फत १ हजार ५ सय २ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । नेपालमा हालसम्म पिसिआर परीक्षणमा ५ लाख ८५ हजार १ सय र एन्टीजेन परीक्षणबाट १३ हजार १ यस ४ जनामा कोरोना संक्रमण देखिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?