Logo

अब कञ्चनरुप मै सर्पदश विमारीहरुको उपचार हुने

                     
Logo २८ जेष्ठ २०७८, शुक्रबार २०:४६    

कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा सर्पदश विमारीहरुको उपचार प्रााथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा नै हुने भएको छ ।

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्तालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा आज एक परि पत्र गर्दै सर्पदंश उपचार केन्द्र स्थापना सम्बन्धि मापदण्ड २०७७ को दफा ६ बमोजिम मिति २०७८ जेठ २८ गते देखि मिति २०८२ जेठ २७ गते सम्मको लागि सर्प दंश उपचार केन्द्र सञ्चालनको लागि कञ्चनरुप नगरपालिकालाई अनुमति प्रमाणपत्र प्रदान गरेका जनाएको छ ।

शाखा कञ्चनरुपका सह(संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताका अनुसार केहि दिन भित्रै सेवा संचालन हुने बताए ।

सर्पदंश उपचार केन्द्र सञ्चालन गर्नका लागि कञ्चनरुप नगरपालिकाबाट २०७७ साल चैत्र ९ गते स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्तालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निवेदन दिएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?