Logo

सप्तकोसीमा बढ्दै पानीको बहाव बदै उच्च सतर्कता अपनाउन अग्रह

                     
Logo २ असार २०७८, बुधबार २०:४५    

कञ्चनरुप ।

पहाडी क्षेत्रमा भइरहेको भीषण वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । सप्तकोसीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

वर्षाका कारण विभिन्न नदी तथा खोला बढ्दा त्यसको प्रभाव सप्तकोसीमा परेको हो । सातवटा विभिन्न नदी तथा अरु कैयौं खोलाहरु मिसिएको सप्तकोसीमा आज (बुधबार. बिहानसम्ममा पानीको बहान ६१ हजार एक सय ४५ क्यूसेक मापन गरिएको छ । बहाव बढ्दै गएपछि कोसी ब्यारेजका १२ वटा ढोका खुल्ला गरिएको छ ।

आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जानलाई आग्रह गरिएको छ । नदी आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थापाले बताए । बाढीबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण र उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जानकारी उनले दिएका छन् ।

पानीको बहाव बढ्दै गइरहे पनि सप्तकोसीमा खतराको अवस्था भने आइसकेको छैन । खतराको तहसम्म पानी नआए पनि सम्भावित क्षतिका बारेमा पूर्वतयारी थालिएको प्रशासनले जनाएको छ ।

सरकारले पश्चिमका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेर बाढी तथा पहिरो जान थालेको जनाएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले कम्तीमा सात जनाको मृत्यु भइसकेको छ ।

कैयौँ बेपत्ता भएका छन् । बाढी र पहिरोले अर्बौको क्षति गरेको छ । विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेर थप क्षति हुनसक्ने पूर्वानुमान गरिएको छ । सरकारले पूर्वमा सप्तकोसी नदी आसपाससम्म उच्च सावधानी अपनाउन आवश्यक रहेको जनाएको छ


लोकप्रिय छुटाउनुभयो कि ?