Logo

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस गर्न माग

                     
Logo ६ असार २०७८, आईतवार २०:०९    

काठमाडौं, ६ असार ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल ९जसपा० का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय गरेको छ ।

आज ९आइतबार० बसेको आयोगको बैठकले १५ दिनभित्र दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

‘उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएको छ । त्यो दाबी पेस गरिएको सम्बन्धमा दाबीको प्रतिलिपिसहित लिखित जवाफ पेस गर्नका लागि अर्को पक्षलाई १५ दिनको सूचना दिइएको छ’, प्रवक्ता श्रेष्ठले भने ।

उपेन्द्र यादव पक्षले शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो । आयोगले राजनीतिक दलको दफा ५१ अनुसार कारबाहीको अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले दफा ४३ अनुसार निवेदन दिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?