Logo

छिटो संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याऊ : डा. भट्टराई

                     
Logo ९ असार २०७८, बुधबार ११:२२    

काठमाडौं, ९ असार ।

जनता समाजवादी पार्टी नेपाल ९जसपा० का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले जतिसक्दो छिटो संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने बताएका छन् ।

डा। भट्टराईले सामाजिक सञ्जालमार्फत् अब छिटो भन्दा छिटो संवैधानिक परिषद् विधेयक खारेजसहित संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनु पर्नेमा जोड दिएका हुन् ।

आज ९बुधबार० बिहान ट्वीटरमार्फत् नेता भट्टराईले अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहेको बेला आफूहरु भने राजनीतिक किचलोमा फसेको भन्दै यसको छिनोफानो चाँडो हुनुपर्नेमा जोड दिएका छन् ।

‘अरु देश आफ्ना सबै नागरिकलाई छिटो कोभिड–१९ खोप जुटाउन व्यस्त छन्, हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समयरशक्ति खर्चने भयौं,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘अब त चेतौं– छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधानरलोकतन्त्र ट्रयाकमा ल्याऊ १ अदालतरदलरनागरिकले आ–आफ्नो धर्म निभाऊ १’


लोकप्रिय छुटाउनुभयो कि ?