काठमाडौं ।


साविक विजेता पोर्चुगललाई हराउदै बेल्जियम युरो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको प्रिक्वार्टरफाईनलमा पोर्चुगललाई १–० ले हराउदै बेल्जियमले अन्तिम आठको यात्रा तय गरेको हो ।
स्पेनको सेभिल्लामा बेल्जियमलाई जिताउन थोर्गन हाजार्डले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

बेल्जियम क्वार्टरफाइनल पुग्ने चौथो टिम बनेको छ । उसले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ । खेलमा पोर्चुगलले केहि राम्रा अवसर पाएपनि त्यसलाई सदुपयोग भने गर्न सकेन् ।












