Logo

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको मृत्यु

                     
Logo २० असार २०७८, आईतवार ०९:५३    

सर्लाही, असार २०।

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ।

काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन्। गाउँपालिका अध्यक्ष बर्मा लामो समयदेखि मधुमेह तथा बिपिको समस्या बाट ग्रसित थिए ।

१०–१५ दिन पहिला राम्रो थियो र बिचमा एक्कासी अध्यक्ष बर्माको स्वास्थ्यमा समस्या आएको भुपु निमित प्रसासकीय अधिकृत रामपुकार महतोले जानकारी दिए ।

अन्दाजी ६७ वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो। ब्लड प्रेसर बढेपछि नाक र मुख बाट बल्ड पनि आएको थियो।

अध्यक्ष बर्मा सिकिस्त भएपछि आइसियुमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि गए राति नै उपचारका क्रममा शनिबार राति १२ बजेर ५ मिनेटमा अध्यक्ष बर्माको मृत्यु भएको रामनगर गाउँपालिकाका निमित प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बर्माको निधन भएपछि अहिले गाउँपालिका नै शोकमा डुबेको छ । अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने रामनगर गाउँपालिकाले जनाएको छ ।

जिल्ला का २० स्थानिय निकाय मध्ये बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। अध्यक्ष बर्माको स्थायी घर रामनगर गाउँपालिका वडा नम्बर १ मा पर्छ।


लोकप्रिय छुटाउनुभयो कि ?