Logo

देउवाले प्रधानमन्‍त्री पदको सपथसगै मन्त्रिपरिषद् गठन

                     
Logo २९ असार २०७८, मंगलवार २०:५८    

काठमाडौं, २९ असार ।

नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री पद तथा गोपनियताको सपथ लिएका छन् ।

मङ्गलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त कांग्रेस सभापति समेत रहेका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् । जनता समाजवादी पार्टी नेपाल ९जसपा० भने अहिले सरकारमा नजाने भएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?