काठमाडौं।


नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ। शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहण गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको जानकारी दिए। नेपाल समूहका नेता भने अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित रोक्न आग्रह गरेका थिए।

नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए। उनीहरुले एमाले एकताका लागि एकलौटी बैठक गर्न नहुने भन्दै बैठक रोकेर सहमतिका लागि अघि बढ्न आग्रह गरेका थिए।












