Logo

आज थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

                     
Logo ३ श्रावण २०७८, आईतवार १८:०१    

काठमाडौं, ३ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १,६६७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने पछिल्लो २४ घण्टामा देशभर १,८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय २८ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ५७८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलले जानकारी दिए । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ५ सय ५० जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप १ हजार ६ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३२ हजार७४ जनाले कोरोना संक्रमणलाई जितेका छन् । हाल २५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ३४० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ६९ हजार ६८५ वटा पिसिआर र २ लाख ६२ हजार ८३१ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?