Logo

नेपालमा आज ३ हजार १ सय १४ जना कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

                     
Logo ९ श्रावण २०७८, शनिबार १७:०५    

काठमाडौं, ९ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २,१९७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ३,११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार तीन सय नौ र एन्टिजेन परीक्षणमा आठ सय पाँच जनामा संक्रमण देखिएको छ ।

यो अवधिमा १० हजार ६२५ जनाको पिसिआर परीक्षण र चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?