Logo

३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि , ३३ जनाको मृत्यु

                     
Logo १३ श्रावण २०७८, बुधबार १७:४९    

काठमाडौं, १३ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छभने ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?