Logo

मेलम्चीमा पुनः ४६ दिनपछि ठूलो बाढी

                     
Logo १७ श्रावण २०७८, आईतवार १५:२०    

सिन्धुपाल्चोक, १७ साउन ।

मेलम्ची नदीमा शुक्रबार रातिदेखि नै लेदोसहितको बाढीले हालसम्म बाढीले १७ घर टहरा बगाएको छ ।

बाढीले रेडियो मेलम्चीको भवन ढले चनौटेमा रहेको रातोपुल पनि बगाएको छ । त्यस्तै, ग्याल्थुम बजार समेत जोखिममा रहेको बताइएको छ । हेलम्बु गाउँपालिकामा केही घर बगाएको स्थानीयको भनाइ छ । नदीमा पानीको बहाव घट्ने, बढ्ने भइरहेको स्थानीय वेदमणि भट्टराईले जानकारी दिए ।

उक्त लेदोसहितको बाढी हेलम्बुको भीमथाङ भन्ने स्थानमा गएको पहिरोका कारण आएको अनुमान गरिएको छ । आइतबार हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पासहितको टोली हेलिकोप्टरमार्फत भीमथाङ पुगेका छन ।

अध्यक्ष शेर्पासँगै भीमथाङ पुगेका मेलम्ची नगरपालिका–४ का वडा सदस्य बाबु लामाका अनुसार त्यहाँ अझै पहिरो झरिरहेको छ । सोही पहिरोका कारण लेदोसहितको बाढी आएको उनले जानकारी दिएका छन् ।

मेलम्चीमा गएको असार १ गते आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको थियो । उक्त बाढी भीमथाङमा रहेको चौरमा गएको पहिरोकै कारण आएको हेलम्बु गाउँपालिकाले जनाएको थियो । मेलम्चीमा पुनः ४६ दिनपछि ठूलो बाढी आएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?