२९ साउन काठमाडौं ।


नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५ सय ८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७ सय ६३ र एन्टिजेन विधिबाट १ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५ सय ३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ७ सय ९८ पुगेको छ । जसमध्ये ३५ हजार ५ सय १८ जना होम आइसोलेसनमा, ३ हजार २ सय ८० जना संस्थागत आइसोलेसनमा, ७ सय ३६ जना आईसीयू र १ सय ८६ जना भेन्टिलेटरमा छन् ।













