काठमाडौं, ३ भदौं ।


नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४ सय ३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९सय ४६ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ३ सय २१ र ४ हजार ४ सय ९२ जनाको एन्टीजेन परीक्षण गर्दा ७ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार १ सय २६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ ।












